आइतवार, अशोज ९, २०७९ | Sunday 25th September 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • देशको संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको कर्तव्य भएको बताए : नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल
समाचार

देशको संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको कर्तव्य भएको बताए : नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल

  • सिधा दृष्टी बिहिबार, चैत्र १७, २०७८ | March 31, 2022

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु सबै राजनीतिक दल र नागरिकको कर्तव्य भएको बताएका छन्।

बिहीबार रिपोर्टर्स क्लवको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले नेता र जनता सबै जिम्मेवार बने मात्रै संविधानको रक्षा हुने बताएका हुन्।

लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै उनले यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताए। आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।

‘हामीले १०

वर्ष लगाएर नयाँ संविधान पनि निर्माण गरेका छौं। यो एउटा राम्रो संविधान बनेको छ। यद्यपी संविधान कुनै पनि अन्तिम हुँदैनन्। यो पनि अन्तिम भन्नुपर्छ भन्ने मलाई लाग्दैन। तर, सकेसम्म यसको लामो आयु होस् भनेर हामीले कामना गर्नुपर्छ,' उनले भने।

उनले नेपालको संविधान तुलनात्मक रुपमा राम्रो बनेको दाबी गरेका छन्। 'स्वभाविक रुपले यो संविधानमार्फत् हामीले ०६२/०६३ को जनक्रान्तिको उपलब्धीहरुलाई संस्थागत गरेका छौं। त्यसैले यो संविधानको रक्षा हामी सम्पूर्ण २ करोड ९२ लाख नेपाली र उनका प्रतिनिधिहरूको रुपमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरूका निम्ति एउटा ठूलो जिम्मेवारीको विषय हो,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय