सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ
समाचार

नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ

  • सिधा दृष्टी बिहिबार, चैत्र १७, २०७८ | March 31, 2022

काठमाडौँ — नेपाली सेनाले सैन्य पदका लागि आवेदन आह्वान गरेको छ । १८ वर्षदेखि २२ वर्ष उमेर समूहका नेपाली नागरिकले आवेदन दिनसक्ने छन् ।

आजबाट वैशाख १६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ । खुला तथा समावेशीसहित चार हजार सैन्य पदका लागि भर्ना खोलिएको हो ।

खुलातर्फ दुई हजार ९८, कर्तब्य पालनाका क्रममा ज्यान गुमाएका नेपाली सेनाका सन्ततीका लागि ११०, महिला ३५८, आदीबासी जनजातीतर्फ ५७२, मधेसी ५०५, दलित २७२ र पिछडिएको क्षेत्रबाट ८५ सहित जम्मा चार हजार पदका

लागि आवेदन आह्वान गरिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय