शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अटो
  • टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने
अटो

टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

काठमाडौँ — बुधबार सुन्दरीजलमा टिपरको ठक्करबाट ज्यान गुमाएका दुई बालिकाको शव १० घण्टापछि उठाइएको छ । बुधबार बिहान गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा टिपरको ठक्करबाट २ बालिका दिदी बहिनीको ज्यान गएको थियो । दिउँसो स्थानीय प्रशासनको रोहवरमा आफन्त र टिपर कम्पनीसँगको छलफलपछि शव उठाइएको हो । टिपर कम्पनीले मृतकका परिवारलाई ४५ लाख रुपैयाँ दिने सहमति भएको छ । त्यस्तै घाइतेको उपचार पनि टिपर कम्पनीले नै गर्ने सहमति भएको हो ।

सहमतिपछि दुवै बालिका दिदीबहिनीको शव आफन्तले बुझेर लगेको गोकर्णेश्वर नगरपालिका १

का वडाध्यक्ष राम मानन्धरले जानकारी दिए । ठक्कर दिने टिपर कम्पनी सुन्दरी माई वासिङले ४५ लाख रुपैयाँ क्षतिपूर्ति र घाइते रोहन तामाङको उपचार गर्ने सहमति गरेका हुन् । त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले पीडित परिवारका एक जनालाई नगरपालिकामा रोजगारी दिने र नगरपालिकाबाट समेत केही रकम उपलब्ध गराउने सहमति भएको छ । सहमतिपछि पीडित परिवारले दुवै जनाको शव बुझेर लगेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय