सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भक्तपुरको सूर्यविनायकमा दुई अर्ब रुपैयाँको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ
समाचार

भक्तपुरको सूर्यविनायकमा दुई अर्ब रुपैयाँको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

भक्तपुर- भक्तपुरको सूर्यविनायकमा दुई अर्ब रुपैयाँको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ। झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको यो तरकारी बजार भक्तपुरमा निर्माण भएको अहिलेसम्मकै ठूलो हो।

व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालनमा ल्याएका हुन्। सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो।

बजारमा दुई हजार २ सय कक्ष रहेका छन् । चार हजार ४ सय जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद

गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताए।

‘किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो,’ उनले भने। तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने प्रसाइँको दाबी छ। रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय