बिहिबार, जेष्ठ १२, २०७९ | Thursday 26th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • संयुक्त राज्य अमेरिकाले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ
अर्थनीति

संयुक्त राज्य अमेरिकाले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ। २५ अक्टोबर २०१८ मा ओहदाको प्रमाणपत्र प्राप्त गरेका राजदूत र्‍याण्डी बेरीको कार्यकाल सकिन लागेपछि अमेरिकाले नेपालका लागि नयाँ राजदूतको मनोनयन गर्ने घोषणा गरेको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले विदेश मन्त्रालयमा हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्ने प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी डिन थम्पसनलाई नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको ह्वाइट हाउसले जनाएको छ।

यही क्रममा सेप्टेम्बर १५, २०२१ यता अमेरिकी विदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको

पदमा कार्यरत थम्पसनले करिब चार वर्ष भारतमा रहेर काम गरेका थिए।

अमेरिकी विदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए। दक्षिण एसियामा भारतसहित, बंगलादेश र श्रीलंकास्थित अमेरिकी नियोगहरूमा पनि उनले काम गरेका थिए।

अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुखरुपमा पनि उनले काम गरेका थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय