शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला चितवन जाँदै
समाचार

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला चितवन जाँदै

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गृहजिल्ला चितवन जाँदै छन् ।

चिवतनमा उनले राप्ती नगरपालिकामा निर्मित हर्दी विद्युत सबस्टेसन उद्घाटन, भरतपुर महानगरपालिकाको रिङरोडको पश्चिमखण्ड शिल्यान्यास र भरतपुर महानगरपालिका–२२, धनौजीमा कभर्टहल उद्घाटन गर्ने कार्यक्रम छ ।

केही दिनअघि मात्र चितवन गएर फर्किएका प्रचण्ड सत्ता साझेदार नेपाली कांग्रेसले चुनावमा आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको भोलिपल्ट पुनः त्यहाँ जान लागेका हुन् । चितवन कांग्रेसले भने स्थानीय तहको निर्वाचनमा गठबन्धनको कुराको विरोध गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय