शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु
समाचार

ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु

  • सिधा दृष्टी बुधबार, चैत्र १६, २०७८ | March 30, 2022

काठमाडौँ — कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट अर्का एकजना घाइते भएका छन् ।

आज बिहान करिब चार बजेको समयमा ना ६ ख ४७२५ नम्बरको ट्रकले ग १४ प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट स्कुटर चालक पोखरा महानगरपालिका–१५ नयाँगाउँ बस्ने १८ वर्षीया अन्जना पाईजाको मृत्यु भएको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्रकको ठक्करबाट स्कुटरको

पछाडि सवार पोखरा महानगरपालिका–१० घलेचोक बस्ने १८ वर्षीया मिना गुरुङ घाइते भएकी छन् । ट्रक र ट्रक चालकलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय