शनिबार, चैत्र १८, २०७९ | Saturday 1st April 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • आवश्यक्ता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेस बागमती प्रदेशको निष्कर्ष
मुख्य खबर

आवश्यक्ता र औचित्यको आधारमा गठबन्धन गर्नुपर्ने कांग्रेस बागमती प्रदेशको निष्कर्ष

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौं, १५ चैत/नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यक्ता र औचित्यको आधारमा सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा मंगलबार बसेको संयुक्त बंठकले आवश्यक्ता र औचित्यको आधारमा स्थानीय तहसंग समन्वय गरी सत्ता गठबन्धनसंग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरुको सुझाव रहेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले जानकारी दिनुभयो ।
कांग्रेस बागमती प्रदेशका कार्यसम्पादन र संसदीय समितिका अधिकांश सदस्यहरुले धारण राख्ने क्रममा कांग्रेस केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा

सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय निकाय निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको प्रवक्ता रुवालीले बताउनुभयो ।
कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको संयुक्त बैठकमा बोल्ने बक्ताहरुले कांग्रेसले धेरैभन्दा धेरै स्थानमा आफ्नो पार्टीको जित सुनिश्चताको साथै बर्तमान केन्द्रीय समितिले गरेको निर्णयको आधारमा बर्तमान गठबन्धनलाई निरन्तरता दिनको लागि पनि गठबन्धन आवश्यक्ता रहेको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय