मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ
समाचार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडोँ — विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा एमसीसी विरोधी, राष्ट्रघात विरोधी वामपन्थी दलका उम्मेदवारलाई सघाउने नीति पारित गरेको छ । कपिलबस्तुको शिवनगरमा गत चैत ४ गतेदेखि बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले पार्टीका महासचिव विप्लवले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै विगत ५ बर्षको अवधीमा संसदीय व्यवस्थाले देश र जनताका पक्षमा काम नगरेको र यो व्यवस्था पूर्ण रुपले असफल भएको

निष्कर्ष निकालेको छ । संसदीय व्यवस्थाको विरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रह गर्ने पार्टीको मूल मान्यतालाई कायम गर्दै अघि बढ्ने बारेमा छलफल भएको छ । साथै असफल भएको संसदीय व्यवस्थाका विरुद्ध प्रचारका कार्यक्रम गर्ने पनि सो दलले निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय