काठमाडौं– इन्धन खपत घटाउन नेपाल आयल निगमले साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई शनिबार र आइतबार सार्वजनिक बिदासहित १० बुँदे प्रस्ताव पठाएको हो।
बिदाका दिन सवारीसाधनको प्रयोग कम भई इन्धन खपत घट्ने विश्वास निगमको छ। निजी र सरकारी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ।
इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्कलगायत गरी प्रतिलिटर १५ रुपैयाँ घटाउन पनि निगमले माग गरेको छ।