शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा चरम गुटबन्दीमा लागेको निष्कर्ष निकालेको छ
समाचार

नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा चरम गुटबन्दीमा लागेको निष्कर्ष निकालेको छ

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौं– नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा चरम गुटबन्दीमा लागेको निष्कर्ष निकालेको छ। उक्त समूहको तरुण–विद्यार्थी भेलाले यस्तो निष्कर्ष निकालेको हो।

शेखर समूहले सोमबार तरुण–विद्यार्थीको राष्ट्रिय भेला आयोजना गरेको थियो। सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले नेविसंघ र तरुण दलको नेतृत्व चयन गरेपछि शेखर समूहले भेला बोलाएको हो।

सभापति देउवाले गत बुधबार नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए। लामो समयदेखि महाधिवेशन गर्न नसकेका नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ

संस्थाको केन्द्रीय समिति फागुन ३ गतेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भंग गरेको थियो। सोही बैठकले ती भ्रातृ संस्थाको तदर्थ समितिको नेतृत्व चयन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो।

देउवाले सबैको सल्लाहमा भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने बताएका थिए। तर, सल्लाह नै नगरी एकलौटी ढंगले नेतृत्व चयन गरेपछि शेखर समूह आक्रोशित छ।

यस्ता छन् भेलाका निष्कर्ष

१) १४औं महाधिवेशनमा प्राप्त ४० प्रतिशतभन्दा बढी मतलाई सभापतिले बेवास्ता गरेर एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था बन्यो।

२) संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरूलाई नसमेट्ने हो भने पार्टी नेतृत्वविरुद्ध देशैभर आन्दोलन गर्नुको विकल्प हुँदैन।

३) भ्रातृ संस्थालगायत आउँदो तीनै तहका निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्यवस्थापन नगर्ने हो भने चुनाव जित्ने होइन, पार्टीभित्रै विद्रोह हुने अवस्था छ।

४) सभापति चरम गुटबन्दीमा लागेका छन्। सभापति देउवाले पार्टीभित्रको अपोजिसनलाई कमजोर पार्न बूढा नेताहरूको गठजोड तयार पारिरहेका छन्।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय