सोमबार रोल्पा नगरपालिकास्थित सातदोबाटो पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'जनयुद्ध स्मृति भ्यु टावर' उद्घाटन गरे। उक्त भ्यु टावरका विषयमा लगत्तै आलोचना सुरु भयो। भ्यू टावर आवश्यक नरहेको भन्दै धेरैले आलोचनात्मक टिप्पणी गरे।
भ्यु टावर उद्धाटनका लागि प्रचण्ड ४ वर्षपछि रोल्पा पुगेका थिए। २०७४ को प्रतिनिधि सभा चुनावको मिति घोषणा भएपछि रोल्पा पुगेका प्रचण्डलाई पुनः रोल्पा पुग्न अर्को स्थानीय तहको चुनाव घोषणा हुनुपर्यो। २०७४ भदौ १४ गते सरकारले मंसिर १० गते चुनाव गर्ने घोषणा गरेको थियो (भदौ
२१ गतेको मन्त्रिपरिषद् बैठकले दुई मंसिर १० र मंसिर २१ गरी दुई चरणमा चुनाव गर्ने गरी मिति संशोधन गरेको थियो)। यसपछि प्रचण्ड ०७४ भदौ ३० गते थवाङको गाउँसभालाई सम्बोधन गर्न रोल्पा पुगेको थिए।
भ्यु टावर उद्धाटनका लागि आउने तर १० वर्षे सशस्त्र संघर्षका सहिद र घाइते परिवारका समस्या समाधानमा चासो नदिएको भन्दै सामाजिक सञ्जालमा प्रचण्डको आलोचना भइरहेको छ।
भ्यूटावरका विषयमा सामाजिक सञ्जालमा सुनुयोजित ढंगले नकारात्मक प्रचार मात्र गरिएको वडाध्यक्ष इन्द्रबहादुर थापाको दाबी छ। भ्यु टावर पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने उनको भनाइ छ।
रोल्पा नगरपालिकाका प्रमुख पुरण क्षेत्री भ्यु टावर उद्धाटनका लागि मात्र प्रचण्ड रोल्पा नआएको दाबी गर्छन्। रोल्पाको लिबाङमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्न रोल्पा पुगेका बेलाभ्यु टावरको पनि उद्धाटन गरिएको उनको दाबी छ। ‘प्रचण्ड रोल्पा आइपुग्नु भएको अवसर पारेर भ्यू टावर उद्घाटन गरिएको हो,’ मेयर क्षेत्रीको दाबी छ।
भ्यूटावरका विषयमा सामाजिक सञ्जालमा सुनियोजित ढंगले नकारात्मक मात्र प्रचार गरिएको वडाध्यक्ष इन्द्रबहादुर थापाको दाबी छ। भ्यु टावर पर्यटकीय गन्तव्यका रुपमा स्थापित हुने उनको भनाइ छ।
स्थानीय खेमराज गाउँलेले प्रचण्डले भ्यु टावर उद्घाटन गरेपनि स्थानीय माओवादी कार्यकर्ता भने असन्तुष्ट बनेको बताए। भ्यूटावरको नामका विषयमा स्थानीय असन्तुष्टि बनेको उनको भनाइ छ। भ्युटावरको नाममा रहेको स्मृति शब्द हटाउनुपर्ने स्थानीयको मत रहेको उनले बताए।
‘जनयुद्ध स्मृति भ्यूटावरको नामले उद्घाटन भएकोमा मेरो एउटा मात्रै असहमति छ, त्यो हो ‘जनयुद्ध स्मृति भ्यूटावर’भित्रको शब्द ‘स्मृति’। जनयुद्ध ‘स्मृति’ नभएर ‘इतिहास’ भइसकेको छ,' उनले भने, ‘नगरपालिकाको नामका साथै जिल्लाकै नाम प्रतिनिधित्व हुने गरी ’रोल्पा भ्यूटावर’ नामाकरण गर्न सकिन्थ्यो। सातदोबाटोमा रहेकाले ‘सातदोबाटो भ्यूटावर’ राख्न सकिन्थ्यो, वा नजिकै रहेको रमणीय मैदान स्थल हलहलेको सम्बोधनमा ‘हलहले भ्यूटावर’ राख्न सकिन्थ्यो।’
मेयर क्षेत्रीले भ्यूटावर र नजिकै रहेको रक गार्डेनबाट मासिक ३ लाख आम्दानी गर्ने उद्देश्य राखिएको बताए। रक गार्डेन र भ्यूटावरको लागत रकम ५ वर्षभित्रै उठाउने गरी योजना तयार पारिएको उनको दाबी छ।
सात्दोबाटोमै रेस्टुरेन्ट चलाउँदै आएका इमान थापा पनि रक गार्डेन र भ्यूटावर बनेपछि व्यापारिक चहलपहल बढेको बताउँछन्। ‘अहिले दुई दर्जन खाजा पसल छन्, रेस्टुरेन्ट र होटल पनि बनेका छन्। किराना पसल पनि दुई दर्जनभन्दा बढी पुगेका छन्। यसअघि दुई चारवटा मात्र पसल थिए। भ्युटावरले व्यापारिक चहलपहल बढाउन सहयोग गरेको छ,’ उनले भने।
मेयर क्षेत्रीले भ्यूटावर र नजिकै रहेको रक गार्डेनबाट मासिक ३ लाख आम्दानी गर्ने उद्देश्य राखिएको बताए। रक गार्डेन र भ्यूटावरको लागत रकम ५ वर्षभित्रै उठाउने गरी योजना तयार पारिएको उनको दाबी छ।
पूर्वअर्थमन्त्री समेत रहेका माओवादी नेता वर्षमान पुनले ०७६ भदौ ७ गते भ्युटावरको शिलान्यास गरेका थिए।