बिहिबार, अशोज २०, २०७९ | Thursday 6th October 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु
समाचार

अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा सुरु भएको छ । यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए ।

यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । तर, एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते गर्ने निर्णय गरेको थियो ।

साधारण सभामा निर्वाचनमा केन्द्रित एजेण्डाहरुमा छलफल हुने बताइएको छ । निर्वाचन समिति गठन,

निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ । एन्फाको निर्वाचन आगामी जेठ १५ गते हुँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय