काठमाडौँ — स्थानीय तहको निर्वाचन प्रयोजनका लागि काठमाडौँमा सबैभन्दा बढी राजनीतिक दल दर्ता हुँदा मनाङ, मुस्ताङ, डोल्पामा भने सबैभन्दा कम दल दर्ता भएका छन् ।
आगामी ३० वैशाखको निर्वाचन प्रयोजनका लागि काठमाडौँमा सबैभन्दा बढी ४० दलले निर्वाचन आयोगमा दल दर्ता गरिरहँदा मनाङ, मुस्ताङ र डोल्पामा भने ५९५ दल मात्रै चुनावी मैदानमा होम्मिने भएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौँपछि सबैभन्दा बढी दल दर्ता मोरङमा ३३, सुनसरी र रुपन्देहीमा ३२–३२, ललितपुरमा ३१, रौतहट र झापामा ३०–३० वटा दल निर्वाचन प्रयोजनका लागि