सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
समाचार

बम विस्फोट हुँदा दुई जना घाइते

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौँ — इटहरी २ नवजागृति टोलमा गतराती साढे १० मा सुतली बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । विस्फोटमा परेर डेरा गरी बस्ने २२ वर्षीय रबिन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका हुन् ।

घटनामा घाइते दुवै जनाको अहिले उपचार भइरहेको छ । थापाको आँखामा चोट लागेकाले विराटनगरको आँखा अस्पताल र गुरुङको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

‘पड्काएको भन्दा पनि त्यो बम आफैं पड्किएको रहेछ, दुवैजना अहिले सुरक्षित छन्’ जिल्ला

प्रहरी कार्यलयका एसपी सन्जयसिंह थापाले भने, ‘अरु विषय त अनुसन्धान हुँदै छ ।’

विस्फोट हुँदा हुँदाको घटनास्थलबाट भने प्रहरी हिमाल सुरक्षा परिषद नेपालको पर्चासमेत भेटिएको छ । एसपी थापाका अनुसार उक्त पर्चा विस्फोटमै पर्नेमध्येका एकले ल्याएका थिए । विस्फोट भने कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थापाको भनाइ छ ।

हिमाल सुरक्षा परिषद हालै मात्र सशस्त्र युद्धको घोषणा गरेको संगठन हो । जुन संगठनले गत फागुन १५ गते यो सङ्गठनले एक विज्ञप्ति निकाल्दै सशस्त्र युद्धको घोषणा गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय