बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या
Uncategorized

मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या

  • सिधा दृष्टी मङ्लबार, चैत्र १५, २०७८ | March 29, 2022

काठमाडौँ – मध्यमेक्सिकोमा गोली हानेर २० जनाको हत्या भएको छ । आइतबार स्थानीय समय अनुसार बिहान साढे १० बजेतिर मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ।

घटनास्थलबाट १६ पुरुष र ३ महिला गरी १९ जनाको शव संकलन गरिएको थियो । एकजनाको भने अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । अस्पतालमा ६ जनाको उपचार जारी रहेको सीबीएस न्यूजले जनाएको छ ।

मिचोआकनको सार्वजनिक सुरक्षा सचिवको कार्यालयले हत्याको कारण

नखुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

मिचोआकन र त्यसको छिमेकी गुआनाजुआतो मेक्सिकोको सबैभन्दा बढी हिंसा हुने क्षेत्रको रुपमा चिनिन्छन् । लागू औषध कारोबार र अन्य अवैध गतिविधिका कारण विभिन्न समूहबीच झडप हुने गर्दछ । गत महिनामात्रै मिचोआकनमा भएको एक आक्रमणमा १७ जनाको मृत्यु भएको थियो ।

मिचोआकान विश्वमा सबैभन्दा बढी एभोकाडो उत्पादन हुने क्षेत्रको रुपमा पनि चिनिन्छ । गत महिना त्यहाँ कार्यरत एक जना अमेरिकी निरीक्षकमाथि सुरक्षा खतरा आएको भन्दै अमेरिकाले एभोकाडो निर्यातमा रोक लगाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय