चितवन – चितवनको कालिका नगरपालिका–६ मा दुईवटा मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।
खोलेसिमलबाट मिलिजुली चोकतर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल आइतबार साँझ पौने ६ बजे ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–१२ का १९ वर्षीय प्रवीन परियारको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
दुवै मोटरसाइकलसहित अर्का मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।