शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरुको बैठक बस्ने तयारी
समाचार

विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरुको बैठक बस्ने तयारी

  • सिधा दृष्टी सोमवार, चैत्र १४, २०७८ | March 28, 2022

विवादकै बीच सोमबार बिहान बहुमत केन्द्रीय सदस्यहरुको बैठक बस्ने तयारी गरिएको बुझिएको छ। बैठकले रवीन्द्र मिश्रलाई कारवाही गर्ने निर्णय गर्ने बताइएको छ। रवीन्द्र मिश्रले पार्टीलाई राप्रपासँग एकीकरण गराउने विषयले अहिले पार्टीमा जारी विवादले उग्र रुप लिएको छ। मिश्रले पार्टीमा विचारभन्दा देश भन्ने दस्तावेज ल्याएदेखि नै पार्टीमा विवाद भइरहेको छ।
पार्टीमा विवाद आएदेखि नै मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शना, पुकार बम, रमेश पौड्याललगायतका नेता मिलन पाण्डेको पक्षमा उभिँदै रवीन्द्र मिश्रको विचारसँग असहमति राख्दै आएका छन्। तर, अहिले रवीन्द्र मिश्रले

साथ लिएका केही नेताहरुसँगको आन्तरिक भागबन्डा नमिलेपछि उत्पन्न विवाद थप चुलिएको मिश्र पक्षका नेताहरुको दाबी छ।

मिश्रले गण्डकी प्रदेशमा सुशीला केसी अधिकारी र मधेस प्रदेशमा धनपती महतोलाई नियुक्त गरेसँगै उनको समूहमा विवाद आएको हो।

‘निर्देश सिलवालले गण्डकी प्रदेशमा आफू निकट नेता चाहन्थे, सारथी मधेस प्रदेशमा आफू संयोजक हुन चाहन्थे र विराजभक्त श्रेष्ठ बागमती प्रदेशको नेतृत्व हुन चाहन्थे। यो नमिलेपछि मिश्र समूहभित्र पनि विवाद आएको हो’, मिश्र पक्षका एक नेताले भने।

सोमबार बिहान बस्ने बहुमत केन्द्रीय सदस्यहरुको बैठकले रवीन्द्र मिश्रलाई कारबाही गर्ने र त्यसको जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको बुझिएको छ। निर्णय गरेपछि बहुमत केन्द्रीय सदस्यहरु निर्वाचन आयाेग जाने भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय