शुक्रबार, जेष्ठ ६, २०७९ | Friday 20th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा
बलिउड / हलिउड

प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा

  • सिधा दृष्टी सोमवार, चैत्र १४, २०७८ | March 28, 2022

काठमाडौँ — प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएको छ । ओस्करको ९४औं संस्करणमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छन् । ‘द पावर अफ दि डग’का लागि उनले यो उपाधि पाएकी हुन् ।

यसअघि ‘पियानो’बाट निर्देशनमा मनोनयनमा परेकी उनले क्लोइ चाउ (२०२१) र क्याथ्रिन बिगलो (२०१०) पछि अस्कर जित्ने तेस्रो महिलाको इतिहास रचेकी हुन् । उनी निर्देशित फिल्म ‘पावर अफ दि डग’ सबैभन्दा धेरै विधामा मनोनयनमा पर्न सफल भएको थियो ।

कोडा’ यसवर्षको ओस्कार

अवार्डमा सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । सियान हेडर निर्देशित फिल्मले ‘डिफ’ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा भनेको छ ।

यससँगै उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन् । उनले ‘द आइज अफ टेमिफेई’का लागि जितेकी हुन् ।

यस्तो ओस्कर विजेताको सूची :

फिल्म : कोडा
निर्देशक : जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री : जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता : विल स्मिथ (किङ रिचर्ड)
सह-अभिनेत्री : एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सह-अभिनेता : ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन : क्रुएला (जेन्नी विभान)
ध्वनी : ड्युन
ओरजिनल स्कोर : ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले : सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिननप्ले : केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट : द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट : द लङ गुडबाइ
सम्पादन : ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ : द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर : एनकान्टो
डकुमेन्ट्री फिचर : समर अफ सउल
डकुमेन्ट्री सर्ट : द क्वीन अफ बास्केटबल
ओरजिनल सङ : नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन : ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर : ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन : ड्युन
भिजुअल इफेक्ट :मनो ड्युन

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय