काठमाडौँ – नेपाली सेनामा रिक्त रहेका विभिन्न प्राविधिक पदमा दरखास्त आह्वान गरिएको छ ।
सोमबार विज्ञापन प्रकाशित गर्दै लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको हो ।
सबैभन्दा धेरै उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको छ ।
यस्तै, सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जनालगायत विभिन्न २९ पदका लागि १९४
जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको हो ।
ईच्छुक व्यक्तिले वैशाख १३ गतेसम्म आवेदन दिन सक्ने छन् । त्यस्तै दोब्बर दस्तुर भने थप एक सातासम्म रहने छ । आवेदन फारम अनलाईनबाट भर्न सकिने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।