शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • अर्थनीति
  • दुई वर्षदेखि रोकिएको काठमाडौँ – मुम्बई हवाईउडान आईतबार देखि पुन: सुरु गरिएको छ
अर्थनीति

दुई वर्षदेखि रोकिएको काठमाडौँ – मुम्बई हवाईउडान आईतबार देखि पुन: सुरु गरिएको छ

  • सिधा दृष्टी सोमवार, चैत्र १४, २०७८ | March 28, 2022

काठमाडौँ – दुई वर्षदेखि रोकिएको काठमाडौँ – मुम्बई हवाईउडान आईतबार देखि पुन: सुरु गरिएको छ । कोभिडका कारण झण्डै दुई वर्ष देखि उक्त रुटको उडान रोकिएको थियो ।

साताको तीन उडान गर्ने गरी निगमले उडान सुरु गरेको छ । आइतबार नै भारत सरकारले कोभिड–१९ पछि अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्ध समेत हटाएको छ । कोभिड–१९ पछि नेपाल–भारतबीच एयर बबल सम्झौता अनुसार उडान तथा अवतरण हुँदै आएको थियो ।

भारत सरकारले करिब २ वर्षपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध खुला गरेको

हो । योसँगै नेपाल भारतबीच रहेको एयर बबल सम्झौता खारेज भएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय