बिहिबार, मंसिर १५, २०७९ | Thursday 1st December 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • गठबन्धन आवश्यकताको सिद्धान्तको आधारमा हुन्छ : कांग्रेस प्रवक्ता महत
समाचार

गठबन्धन आवश्यकताको सिद्धान्तको आधारमा हुन्छ : कांग्रेस प्रवक्ता महत

  • सिधा दृष्टी आइतवार, चैत्र १३, २०७८ | March 27, 2022

नेपाली कांग्रेसले आवश्यकताको आधारमा आगामी निर्वाचनमा गठबन्धन बनाउने बताएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तको आधारमा आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाउने जानकारी दिएका हुन् ।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले गठबन्धनको आवश्यकता औँल्याएको जानकारी दिँदै उनले पार्टीको चुनाव प्रचारप्रसार अभियानमा जिल्लामा खटिएका केन्द्रीय सदस्यहरुले पनि गठबन्धनसहित चुनाव लड्नुपर्ने सुझाव दिएको बताए ।

‘बढीभन्दा बढी सफलता हासिल गर्न हामी निर्वाचनमा जाने हो । कतिपय ठाउँमा समझदारी

गरेर पनि गठबन्धनमा जानुपर्ने साथीहरुको मत छ । भोलिसम्ममा छलफल गरेर कस्तो मोडालिटी र ढाँचामा चुनावमा जानुपर्छ भन्ने निर्णय गर्छौँ,’ प्रवक्ता डा. महतले भने ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय