बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • अभिनेता निखिल उप्रेतीले अहिले हिन्दू धर्म संस्कृतिलाई समाप्त पार्न युवाको प्रयोग भइरहेको बताए
समाचार

अभिनेता निखिल उप्रेतीले अहिले हिन्दू धर्म संस्कृतिलाई समाप्त पार्न युवाको प्रयोग भइरहेको बताए

  • सिधा दृष्टी आइतवार, चैत्र १३, २०७८ | March 27, 2022

काठमाडौँ — अभिनेता निखिल उप्रेतीले अहिले हिन्दू धर्म संस्कृतिलाई समाप्त पार्न युवाको प्रयोग भइरहेको बताएका छन् । वीरगंजस्थित जैन धर्मशालामा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित ‘प्रबुद्व नागरिक गोष्ठी एवम साहित्य परिचय’ कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेता उप्रेतीले यसो भनेका हुन् । उनले आफ्नो धर्मको रक्षा गर्नका लागि सबै एक्यबद्ध हुनुपर्ने बताए । उनले अब राजनीतिक कुरा नउठेसम्म हिन्दू धर्मको रक्षा हुने नसक्ने बताए । एक धार्मिक व्यक्तिले अधार्मिक व्यक्तीलाई कहिलैपनि नेतृत्वकर्ताको रुपमा स्वीकार गर्न नसक्ने उनको भनाइ थियो । उनले सबैलाई

एकपटक ग्रन्थ पढ्न पनि आग्रह गरे ।

कार्यक्रममा राजनितिक विश्लेषक डा। देवेश झाले मुलुकमा धर्मनिरपेक्षताको नाममा हिन्दू धर्म समाप्त पार्ने सड्यन्त्र भइरेको बताए । उनले हिन्दू धर्म आफूहरुको पहिचान भएकाले समयमै नेपाल हिन्दू राष्ट्र कायम हुन नसके यसको अस्तित्व नै समाप्त हुने बताए । यस्तै कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैद्यले विश्वको एक मात्र नेपाल हिन्दू राष्ट्र भएकोमा यसको पहिचान समेत देशका नेताहरुले मास्ने काम गरेको आरोप लगाए । उनले विदेशीको ईसारमा आर्थिक प्रलोभनमा नेपाललाई धर्मनिरपेक्ष घोषणा आक्रोश व्यक्त गरे । जनताको जनमत नै लिई देशलाई धर्म निरपेक्ष घोषणा गरेकाले विश्वकै एक मात्र पहिचान हिन्दू राष्ट्र गुमेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय