मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशीमन्त्री वाङ यीले भेटवार्ताका लागि मेरियट होटेलमा पुगे
पर्यटन

अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशीमन्त्री वाङ यीले भेटवार्ताका लागि मेरियट होटेलमा पुगे

  • सिधा दृष्टी आइतवार, चैत्र १३, २०७८ | March 27, 2022

काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशीमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार बिहान ओली र वाङबीच काठमाडौँको मेरियट होटेलमा भेटवार्ता भएको हो । भेटमा दुईपक्षीय आपसी हितका विविध विषयमा विचार–विमर्श भएको बताइएको छ । त्यसक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरू पनि उपस्थित थिए ।

वाङले आजै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सित पनि भेटवार्ता गर्नेछन् । तीनदिने नेपाल भ्रमणका क्रममा गएको

शुक्रबार नेपाल आएका वाङ आजै स्वदेश फर्कने तालिका छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय