शुक्रबार, जेष्ठ ६, २०७९ | Friday 20th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • नेपालमा समेत मुल्यवृद्धि भएको अबस्थामा भारतमा पनि ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको
मुख्य खबर

नेपालमा समेत मुल्यवृद्धि भएको अबस्थामा भारतमा पनि ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको

  • सिधा दृष्टी आइतवार, चैत्र १३, २०७८ | March 27, 2022

काठमाडौँ — नेपालमा समेत मुल्यवृद्धि भएको अबस्थामा भारतमा पनि ६ दिनमा पाँचौँ पटक पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । आइतबार पेट्रोलमा प्रति लिटर मूल्य भारु ५० पैसा र डिजेलमा प्रति लिटर ५५ पैसा बढेको छ । यससँगै दिल्लीमा पेट्रोल प्रति लिटर मूल्य भारु ९९ दशमलब ११ पैसा भएको छ ।

त्यस्तै, डिजेल प्रति लिटर मूल्य भारु ९० दशमलब ४२ पैसा पुगेको छ । यसअघि पेट्रोल प्रति लिटर भारु ९८ दशमलब ६१ र डिजेल प्रति लिटर भारु ८९ दशमलब ८७

थियो । मूल्य दर देशभर बढेको छ र स्थानीय करका आधारमा राज्यअनुसार मूल्य फरक फरक छ । पछिल्लो पटक २२ मार्चमा मूल्य बृद्धि भएको थियो । यसअघि चारै पटक प्रति लिटर पेट्रोल तथा डिजेलमा ८० पैसा बढाइएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय