काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन्। देशलाई उद्योग व्यवसायतर्फ लगेमात्रै आत्मनिर्भर अर्थतन्त्र हुने उनले बताए।
पार्टी मातहतका उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौँको अधिवेशनलाई सम्बोधन गर्दै उनले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे।
‘देशलाई आधुनिकीकरणतर्फ लाने कुरा उत्पादनमा नवीनता नयाँ–नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उनले भने, ‘उत्पादनका क्षेत्रलाई आधुनिक बनाउनु पर्यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नु पर्यो।’
पूर्वप्रधानमन्त्रीसमेत