शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • मोरङको बेलबारी नगरपालिकाबाट लुटिएको करिब १३ किलो चाँदीका गहना मधेस प्रदेशको महोत्तरीस्थित बर्दिबासबाट बरामद
मुख्य खबर

मोरङको बेलबारी नगरपालिकाबाट लुटिएको करिब १३ किलो चाँदीका गहना मधेस प्रदेशको महोत्तरीस्थित बर्दिबासबाट बरामद

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

मोरङ – मोरङको बेलबारी नगरपालिकाबाट लुटिएको करिब १३ किलो चाँदीका गहना मधेस प्रदेशको महोत्तरीस्थित बर्दिबासबाट बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार लुटिएको गहनासहित एक व्यक्तिसमेत पक्राउ परेका छन्।

नक्कली प्रहरी बनेर गत चैत ८ गते बेलबारी नगरपालिका–४ बाट १२ किलो ८८१ ग्राम चाँदीका गहना लुटेर एक व्यक्ति भागेका थिए। प्रवक्ता श्रेष्ठले गहनासहित बर्दिबास–१ का ३४ वर्षीय मनोज ठाकुरलाई पक्राउ गरेको जानकारी दिए।

करिब १५ लाख रूपैयाँ बराबरको लुटिएको गहना प्रहरीले

ठाकुरको घरबाट बरामद गरेको हो। झापाको दमकस्थित पाथीभरा ज्वेलर्स एन्ड सप्लायर्सले बर्दिबासका सुनचाँदी पसलहरुले दिएको अर्डरअनुसार तयार पारिएकाे चाँदीका गहना  कामदार ओम कालिकोटेमार्फत पठाएको थियो।

सोही क्रममा मोरङको बेतना सिमसारनेर चेकजाँच गर्ने बहानामा प्रहरीको परिचय दिँदै एक व्यक्तिले गहना बोकेको सवारी रोकेका थिए। त्यसपछि ती गहना लुटेर उक्त व्यक्ति फरार भएका थिए।

मोरङ प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बेलबारी र बर्दिबासको संयुक्त टोलीले लुटिएको चाँदीको गहना घरमा लुकाएर राखेको अवस्थामा बरामद गरेको हो। प्रहरीले पक्राउ परेका ठाकुरलाई महोत्तरीबाट बेलबारी ल्याएको छ।

मोरङ प्रहरी प्रवक्ता श्रेष्ठका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय