मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • पर्यटन
  • निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचाे आज शनिबार हस्तान्तरण हुने भएको छ।
पर्यटन

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचाे आज शनिबार हस्तान्तरण हुने भएको छ।

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

पोखरा – निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचाे आज शनिबार हस्तान्तरण हुने भएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उक्त साँचाे हस्तान्तरण गर्ने कार्यक्रम तय भएको हाे। विमानस्थलको काम ९३ प्रतिशतमात्रै पूरा भएको छ।

अहिले उच्च पदस्थ विदेशमन्त्री आएको मौकामा निर्माण कम्पनीले काम नसकिँदै साँचाे हस्तान्तरण गर्न लागेको हो। त्यसका लागि पोखरा विमानस्थलमा पनि कार्यक्रम आयोजना गरिएको छ।

विदेशमन्त्री यीले काठमाडौँमै चाबी हस्तान्तरण गरेपछि भर्चुअल रुपमा पोखराबाट समेत कार्यक्रम गर्न लागिएको आयोजना प्रमुख विनेश मुनंकर्मीले जानकारी दिए।

‘सिम्बोलिक रुपमा

साँचाे हस्तान्तरण गर्न लागिएको हो। यसपछि काम सकिएको होइन, काम निरन्तर चल्छ’, उनले भने, ‘सिभिलतर्फका काम करिब पूरा भैसकेको छ। साँचाे हस्तान्तरणपछि काम रोकिने भन्ने होइन।’

चीनको एक्जिम बैंकको ऋण सहयोगमा चिनियाँ कम्पनी सिएएमसीले २०७३ सालदेखि विमानस्थल निर्माण सुरु गरेको हो। यही १० जुलाईभित्र काम सकेर सरकारलाई हस्तान्तरण गर्ने तयारी थियो। अघिल्लो वर्ष नै सक्नुपर्ने काम कोरोनाका कारण १ वर्षपछि धकेलिएको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय