काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसका नेताहरूलाई मन्त्री बनायो भने मधेसी नेताहरूले नै किन बनाएको भनेर सोध्ने गरेको बताएका छन्।
मुस्लिम ईत्तिहाद संगठनको छैटौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले मधेसी नेताहरूबीच एकापसमा सहमति हुन नसक्दा नेतृत्व अप्ठयारोमा पर्ने गरेको बताएका हुन्।
‘मधेसी नेतालाई मन्त्री बनायो भने भन्न आउँछन्, उसकाे क्यु मन्त्री बनाया ?’, ओलीले भने।
उनले एकअर्काबीच सहकार्य गर्ने संस्कार बसाउनुपर्ने बताए। ‘निर्वाचन आएपछि हिन्दू–मुस्लिम दंगा चलाउन सक्छन्, झगडा सुरू हुन थाल्छन्, कपिलवस्तुमा भइसकेको छ’, ओलीले भने,