तनहुँ- आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ राजनितिक दल दर्ता भएका छन्। राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन्। सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए।
दर्ता भएका दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररूपमा चुनावमा उठ्न सक्नेछन्। राष्ट्रिय मान्यताप्राप्तबाहेक १७ वटा दललाई उनीहरूको विधानमा उल्लेख भएअनुरूपको चुनाव चिह्न प्रदान गरिने उनले बताए।
निर्वाचनलाई मध्यनजर गर्दै एक हजार दुई सय मतपेटिका