शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • दोलखा कालीन्चोक गाउँपालिका-५, लापिलाङमा शनिवार बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ
समाचार

दोलखा कालीन्चोक गाउँपालिका-५, लापिलाङमा शनिवार बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

दोलखा- दोलखा कालीन्चोक गाउँपालिका-५, लापिलाङमा शनिवार बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।

वडाध्यक्ष सुवास थामीका अनुसार खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पुनर्निर्माण गरिएका तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ।

भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। बाक्लो गाउँ भएको र घरहरू सँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको हो। आगलागीबाट तीनवटा

घरसहित घरमा भएको सामग्रीहरू जलेर करीब ५० लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय