सोमवार, जेष्ठ ९, २०७९ | Monday 23rd May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध दोस्रो एक दिवसीय खेलमा नेपालले खराव सुरुवात
समाचार

पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध दोस्रो एक दिवसीय खेलमा नेपालले खराव सुरुवात

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

काठमाडौँ – पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध दोस्रो एक दिवसीय खेलमा नेपालले खराव सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङको निर्णय लिएको नेपाललाई खेलको सुरुवातमै झट्का लागेको हो ।

नेपालका ओपनर कुशल भुर्तेल गोल्डेन रोयल आउट भएका छन् । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ ।

पहिलो ओभरको पहिलो बल लिएर आएका अलिन नावले भुर्तेललाई क्याच आउट गराएका हुन् । अनिलकुमार शाह पनि एक रनमा क्याच आउट भए । उनलाई

पनि अलिले नै सिमोन अटाइबाट क्याच आउट गर्दै पेभेलियन फर्काएका हुन् ।

शुक्रबार सम्पन्न पहिलो एक दिवसीय खेलमा नेपाल पीएनजीविरुद्ध ६ रनले पराजित भएको थियो । पीएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ मात्र बनाउन सक्यो । समाचार तयार पार्दासम्म नेपालको खातामा ३० रन पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय