बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
समाचार

पानीमा डुबेर दुई जनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

काठमाडौँ – दाङमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको स्थानीय पाखरीमा डुबेर मृत्यु भएको हो ।

भैसीलाई पानी खुवाउन पोखरीमा गएका चौधरी नुहाउने क्रममा पोखरीमा डुबेका स्थानीयले बताएका छन् । बिहीबार साँझदेखि बेपत्ता चौधरीको शव शुक्रबार फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी दाङकै राप्त गाउँपालिकामा पनि नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । राप्ती १ माथिल्लो भालुबाङस्थित राप्ती नदीमा नुहाउने क्रममा अर्घाखाँचीको सितगंगा नगरपालिका ८ लापे निवासी ३०

वर्षीय शुक्रराज घर्तीमगरको मृत्यु भएको हो ।

मृत्युका यी दुबै घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय