मङ्लबार, अशोज ९, २०८० | Tuesday 26th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु
समाचार

भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

  • सिधा दृष्टी शनिबार, चैत्र १२, २०७८ | March 26, 2022

काठमाडौँ – भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-८ सुडालका ३६ वर्षीय रमेश तिमिल्सिना रहेका छन् ।

भक्तपुर नगरपालिका-१ सिर्जनानगरमा राधेराधेबाछ सल्लाघारी आउँदै गरेको बा४ख २००१ नम्बरको बसले सोही दिशातर्फबाट आउँदै गरेको प्रदे ३-०२-००६ प ६११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको उपचारको क्रममा शुक्रबार राति साढे ८ बजे डा.इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । बस चालक भने फरार रहेको

र खोजतलास भइरहेको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय