शनिबार, जेष्ठ ७, २०७९ | Saturday 21st May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • बेलायतमा बसोबास गरिरहेका केही नेपालीले नेपालमा मिर्गौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरे
मुख्य खबर

बेलायतमा बसोबास गरिरहेका केही नेपालीले नेपालमा मिर्गौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरे

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौं- बेलायतमा बसोबास गरिरहेका केही नेपालीले नेपालमा मिर्गौला फेल भइ उपचाररत एक व्यक्तिलाई आर्थिक सहयोग गरेका छन्।

बेलायत निवासी बद्री खनाल नेतृत्वको टोलीले बेलायत बसोबास गरिरहेका केही व्यक्तिद्वारा संखुवासभा खाँदवारी नगरपालिकाका ४५ वर्षीय जीतबहादुर रानालाई आर्थिक सहयोग स्वरुप तीन लाख २० हजार रुपैयाँ सहयोग गरेको हो।

विगत ६ महिनादेखी मिर्गौला पीडित राना काठमाडौंको गंगबुस्थित बुलन्द अस्पतालमा डायलासिससहित उपचार गराइरहेका छन्।

बेलायतमा संकलित उक्त रकम काठमाडौं निवासी मेघराज खनाले अस्पताल पुगेर रानालाई चैत्र ४ गते हस्तान्तरण गरिएको बताए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय