काठमाडौं- बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-८ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका-२ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापा रहेका छन्।
महानगरीय अपराध महाशाखाको टोलीले थापालाई जितपुर सिमरा-४ बाट पक्राउ गरेको हो।
थापालाई उच्च अदालत पाटनले २०७७ साल मंसिर २२ गते १ करोड २५ लाख रुपैयाँ बिगो जरिवाना हुने फैसला गरेको थियो। तर, उनी बिगो दाखिला नगरी फरार भएका थिए।
फरार भएपछि उनलाई जिल्ला अदालत काठमाडौंले २०७८ साल फागुन २० गते एक