शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • प्रहरीले देशका दुई स्थानबाट भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ
मुख्य खबर

प्रहरीले देशका दुई स्थानबाट भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौं- प्रहरीले देशका दुई स्थानबाट भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ।

सिन्धुली, घ्याङ्लेख गाउँपालिका-३ तामाजोर भन्ने स्थानबाट एक थान भरुवा बन्दुकसहित तीन जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कमलामाई नगरपालिका-१२ खोक्सिङ बस्ने ३८ वर्षीय नेत्र बहादुर मोक्तान, सोही नगरपालिका-५ रानीखोला बस्ने ५३ वर्षीय तिर्थ बहादुर मगर र नुवाकोट सूर्यगडी गाउँपालिका-१ मनिडाडा बस्ने ३६ वर्षीय कुमार तामाङ रहेका छन्।

सोही ठाउँस्थित निर्माणाधीन स्वास्थ्य चौकीको भबनमा काम गर्दै आएका उनीहरूलाई बन्दुकसहित फेला पारी इलाका प्रहरी कार्यालय

बस्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस्तै मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ देउराली डाँडा बस्ने ५१ वर्षीय दिल बहादुर गोङ्बालाई एक थान एकनाले भरुबा बन्दुक र एक किलो अवैध लागूऔषध गाँजासहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

उनको घरमा भरुवा बन्दुक र लागूऔषध रहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय