मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ
समाचार

युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौँ — युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।

महिलामाथि हातपात गर्दै अभद्र व्यवहार गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाइने प्रहरीले जनाएको छ । उनले महिला कलाकारलाई लात र मुक्का प्रहार गरेका थिए । सोह्रखुट्टे वृत्तका सई रामबहादुर महतराले बमलाई हिरासतमा राख्नका लागि म्याद थप गर्न

अदालतमा लगिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय