मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • Uncategorized
  • सरकारले ६५० एमजीको सिटामोलको मुल्य बढायन स्वीकृति दिएको छ
Uncategorized

सरकारले ६५० एमजीको सिटामोलको मुल्य बढायन स्वीकृति दिएको छ

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौँ — सरकारले ६५० एमजीको सिटामोलको मुल्य बढायन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो । विज्ञ सल्लाहकारको रायका अनुसार ६० बर्षभन्दा माथिका नागरिकलाई ५०० एमजीले प्रभावकारी काम नगरेको भन्ने आयो । त्यसकारण ६५० एमजीको पारासिटामोल दर्ता गर्ने भन्ने निर्णय भयो,’ विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिएका छन् ।

उनका अनुसार डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने छ । तर, सरकारको यो कदमको

उपभोक्ता अधिकारकर्मीले भने विरोध जनाएका छन् । उनीहरुले क्निकल परीक्षण नै नगरी औषधि उत्पादकको दबाबमा मूल्य बढाउने हिसाबले थप तौलको सिटामोल उत्पादन गर्न स्वीकृति दिएको आरोप लगाएका छन् । मूल्य छु्ट्टै बढाउने भन्ने होइन । ५०० एमजीको जति छ, त्यसको हाराहारी र अन्तर्राष्टिय सन्दर्भ हेरेर मूल्य तोकिने छ,’ केसीले भने ।

यसअघि करिब ५० वर्षदेखि सिटामोल ५०० एमजीमा उत्पादन हुँदै आएको थियो । औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय