काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेको नेपालको आरोप छ । आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् ।
राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु