शनिबार, अशोज १३, २०८० | Saturday 30th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते
समाचार

माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते

  • सिधा दृष्टी शुक्रबार, चैत्र ११, २०७८ | March 25, 2022

काठमाडौँ — रामेछाप नगरपालिका–४ हिमगङ्गाको धारापानी बसेरीमा रहेको लिखु नदीमा विस्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने क्रममा बम विस्फोट हुँदा एकजना गम्भीर घाइते भएका छन् । बम विस्फोट हुँदा रामेछाप नगरपालिका–४ हिमगङ्गाका ३४ वर्षीय टुकबहादुर श्रेष्ठ गम्भीर घाइते हुनुभएको छ । घाइते श्रेष्ठको स्थानीय साँघुटार स्वास्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

घाइते श्रेष्ठको काठमाण्डौको टिचिङ अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । उहाँका अनुसार माछा मार्न

विस्फोटक पदार्थसहित श्रेष्ठसँगै गएका अन्य तीन जनालाई प्रहरीले लिखु नदीबाट पक्राउ गरेको छ । सिन्धुली जिल्ला कमलामाई नगरपालिका–५ का ३० वर्षीय बुद्ध लामा र वडा नं–४ का ५२ वर्षीय रामबहादुर विक तथा भद्रकाली गाउँपालिकाका २९ वर्षीय निल लामालाई प्रहरीले रामेछाप नगरपालिका–४ हिमगङ्गा धारपानीबाट पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय