मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरे
समाचार

भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरे

  • सिधा दृष्टी बिहिबार, चैत्र १०, २०७८ | March 24, 2022

काठमाडौँ — युक्रेनमाथि आक्रमण गरेको एक महिना बित्दा रूसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा पेस गरेको एउटा प्रस्ताव पनि फेल भएको छ ।

समाचार संस्था एपीका अनुसार बुधबार सुरक्षा परिषदमा रूसले युक्रेनमा मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको थियो ।

युक्रेनमाथि भइरहेको रूसी आक्रमणबारे उल्लेख नै नगरी आएको उक्त प्रस्तावलाई बाँकी सदस्य राष्ट्रहरूले अस्वीकार गरिदिएका हुन् । रूसको प्रस्तावका पक्षमा चीनले मात्रै भोट हालेको थियो ।

भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरेका थिए । १५ सदस्यीय सुरक्षा परिषदबाट कुनै प्रस्ताव

पारित हुन ९ राष्ट्रले पक्षमा मत हाल्नुपर्छ ।

आफ्नो र चीनको मात्रै भोट पाएपछि सुरक्षा परिषदको स्थायी सदस्य रहेको रूसको उक्त प्रस्ताव असफल भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय