सोलुखुम्बु- नेचा सल्यान गाउँपालिका-२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी छन्। बेलुकीको खाना खाएर आफ्नै घरमा श्रीमानसँग सुतेकी लिलामाया बुधबार बिहान मृत फेला परेकी हुन्।
खाना खाएरसँगै सुतेकी श्रीमती बुधबार बिहान मृत अवस्थामा रहेको भन्दै उनका श्रीमान गुणराज राईले छिमेकीलाई खबर गरेका थिए। मृतकको शरीरमा चोट देखिएको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले घटना संकास्पद रहेको भन्दै उनका श्रीमान ३५ वर्षीय गुणराजलाई नियन्त्रणमा लिइएको बताए।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल