बिहिबार, अशोज ११, २०८० | Thursday 28th September 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चोभारमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
समाचार

चोभारमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

  • सिधा दृष्टी बिहिबार, चैत्र १०, २०७८ | March 24, 2022

काठमाडौँ — काठमाडौँको चोभारमा टाटासुमोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

बुधबार दिउँसो हेटौंडाबाट बल्खुतर्फ आइरहेको ना१ज ६३५४ नम्बरको टाटासुमोले विपरित दिशाबाट आउँदै गरेको बा९२प २३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंको नागार्जुन नगरपालिका ६ का समिर गिरी र काठमाडौँ महानगरपालिका १४ का नवीन्द्र तिमल्सीना छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा वल्खुस्थित वयोधा अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने टाटासुमोका चालक

फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय