मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • आज विश्व क्षयरोग दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ
समाचार

आज विश्व क्षयरोग दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ

  • सिधा दृष्टी बिहिबार, चैत्र १०, २०७८ | March 24, 2022

काठमाडौँ — आज विश्व क्षयरोग दिवस नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईँदैछ । हरेक वर्ष क्षयरोग निवारणका लागि विभिन्न कार्यक्रम गर्दै मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ नेपालमा एक हप्तासम्म जनचेतनामूलक कार्यक्रम गरिँदै छ ।

सन् २०२१ को अक्टोबरमा विश्व स्वास्थ्य संगठनले आयोजना गरेको दक्षिणपूर्वी एसियाका स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षयरोग मुक्त नेपाल बनाउने प्रतिबद्धता जनाएको थियो ।

सोही अनुसार स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५

वटा स्थानीय तहमा चालु आर्थिक वर्षबाट क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यान्वयनमा आएको थियो । आगामी आर्थिक वर्षमा अरु थप स्थानीय तहमा पनि यो अभियान लागु गर्ने र आगामी चार वर्षभित्र देशका सबै स्थानीय तहमा अभियान कार्यान्वयनमा ल्याउने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले क्षयरोग लाग्न नदिनेतर्फ र लागिहालेमा सहज उपरचारको व्यवस्था गर्नेतर्फ सरकारले ध्यान दिने बताउनुभएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तर, ४० हजार बिरामी सम्पर्कबाहिर रहेको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय