काठमाडौँ — हेटौंडा उपमहानगरपालिका–१९ मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधवार राति भएको दुर्घटनामा राक्सिराङ गाउँपालिका–८ का २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना ६ त १८४५ नम्बरको खाली ट्रयाक्टर बुधवार राति २ बजे दुर्घटना भएको हो । राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा पुल भाचिँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
मृतक स्याङ्तान ट्रयाक्टर चालक हुन्
। उनको शव पानीमुनि ट्रयाक्टरले चापिएको अवस्थामा राति साढे ३ बजे फेला परेको प्रहरीले जनाएको छ ।