मङ्लबार, जेष्ठ १६, २०८० | Tuesday 30th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • विश्व नम्बर एक महिला टेनिस खेलाडी असलेइघ बार्टीले सन्यासको घोषणा
समाचार

विश्व नम्बर एक महिला टेनिस खेलाडी असलेइघ बार्टीले सन्यासको घोषणा

  • सिधा दृष्टी बुधबार, चैत्र ९, २०७८ | March 23, 2022

काठमाडौँ — विश्व नम्बर एक महिला टेनिस खेलाडी असलेइघ बार्टीले सन्यासको घोषणा गरेकी छिन् । अस्ट्रेलियाकी २५ वर्षीया खेलाडीले व्यावसायिक टेनिस जीवनबाट बिदा हुने अप्रत्यासित निर्णय गरेकी हुन् ।

अस्ट्रेलियन स्टार बार्टीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन्। उनले कठिन र भावुक निर्णय लिनु परेको बताएकी छन् ।

‘सबैलाई धन्यवाद दिन चाहन्छु । जसले मलाई यो यात्रामा सहयोग गर्नुभयो‚’ बार्टीले भनेकी छन्‚ ‘मेरो जीवनमा यो अविष्मरणीय समयका रूपमा सधैं रहिरहने छ ।’

बार्टीले २०१९ मा पहिलो ग्रान्डस्लामका रुपमा फ्रेन्च ओपन

जितेकी थिइन् । गत जनवरीमा उनी अस्ट्रेलियन ओपन जित्दै ४४ वर्षपछि यो उपलब्धि हासिल गर्ने अस्ट्रेलियन खेलाडी बनेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय