काठमाडौँ – मंगलबार राति धनकुटाको साँगुरीगढीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति करिब ९ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ साँगुरीगढी किल्ला नजिक गोलखाडी–भेडेटार कच्ची सडक खण्डमा भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।
सुमोमा सवार धनकुटाको साँगुरीगढी–७ बस्ने वर्ष १९ कि श्रेया राई गम्भीर घाइते भएकी थिइन् । घाइते राईको उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको १ नम्बर