शनिबार, जेष्ठ १४, २०७९ | Saturday 28th May 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै
समाचार

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

  • सिधा दृष्टी बुधबार, चैत्र ९, २०७८ | March 23, 2022

काठमाडौँ — आईसीसी क्रिकेट विश्वकप लिग-२ सिरिजको आफ्नो खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै छ ।

यूएईमा ४ खेल खेलेको नेपाली टाली आज साँझ ७ बजेर १० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

त्रिकोणात्मक सिरिजमा नेपालले ४ खेल खेल्दै २ खेलमा जित र २ खेलमा हार व्यहोरेको थियो । नेपालले पीएनजीलाई पहिलो खेलमा २ विकेट तथा अन्तिम खेलमा ७ विकेटले पराजित गरेको थियो ।

घरेलु टोली युएईसँग भने नेपाल दुवै

खेलमा पराजित भएको थियो । १२ खेल खेलेको नेपाली टोलीले ६ मा जित निकाल्दै १२ अंकका साथ तालिकाको छैठौं स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय