मङ्लबार, अशोज १६, २०८० | Tuesday 3rd October 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • समाचार
  • चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनको उद्घाटन गर्ने
समाचार

चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनको उद्घाटन गर्ने

  • सिधा दृष्टी बुधबार, चैत्र ९, २०७८ | March 23, 2022

काठमाडौँ — चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणका क्रममा चिनियाँ सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने भएका छन् ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार विदेशमन्त्री वाङले भर्चुअल माध्यमबाट काठमाडौँबाटै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । वाङ तीन दिने औपचारिक भ्रमणका क्रममा शुक्रबार साँझ काठमाडौँ ओर्लदै छन् । परराष्ट्रमन्त्री डा। नारायण खड्को निमन्त्रणामा वाङ नेपाल भ्रमणमा आउन लागेका हुन् ।

चिनियाँ विदेशमन्त्रीको टोली भारत हुँदै शुक्रबार साँझ काठमाडौँ उत्रनेछ । वाङ नेतृत्वको टोली हिजो

सोमबारदेखि पाकिस्तान भ्रमणमा छ । पाकिस्तानबाट भारत हुँदै नेपाल आउने कार्यक्रम तय भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय